Section 14
संरक्षित स्थल तोक्नेः

(१) परिषद्ले बृहत्तर जनकपुर क्षेत्रभित्रको धार्मिक, ऐतिहासिक वा पुरातात्विक दृष्टिले महत्वपूर्ण मानिएको स्थललाई सार्वजनिक सूचनाद्वारा संरक्षित स्थल तोक्न सक्नेछ ।

(२) उपदफा १ बमोजिम तोकिएको संरक्षित स्थलमा परिषद्ले सार्वजनिक   सूचनाद्वारा कुनै काम कारवाही गर्न नपाउने गरी निषेध गर्न सक्नेछ ।